Skip to content

गजल ( बिर्सिएको छैन आमा )

म माथिको अभिभारा बिर्सिएको छैन आमा
मैले चुस्या दस धारा बिर्सिएको छैन आमा ||

पानी चुन्थ्यो बर्षातमा उध्रिएको छानो बाट
सुत्दा देख्थ्यौ जुनतारा बिर्सिएको छैन आमा||

दमका रोगी बुढा बाबा खोक्दा खोक्दै मुर्छा पर्थे
उस्तै होला बा को परा बिर्सिएको छैन आमा ||

खान लाउन दुख पर्दा पोटुकीले भुडी कस्दै
चलाएको त्यो गुजारा बिर्सिएको छैन आमा ||

अझै पनी छाती दुख्छ अरुण नदी सुसाउदा
खोकु छिन्ताङ दुनै खारा बिर्सिएको छैन आमा ||

जीतु खड्का गाउले
मोरंग उर्लाबारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *