Skip to content

दिप भित्र ज्योती तिमीले, खोज्न सिकाऔ

हे मेरी प्यारी ह्दयकी रानी तिमी नै मेरी हौ
हजारौ विच आत्माले तिमी मैले त छानेकी थिऔ
रुपलाई भन्दा ह्दय पढे तिमीलाई देख्दा नि
प्रकृति भाव तिमीमा पाउछु तिमीलाई भेटदा नि

शरीरको स्वार्थ देख्दिन तिमीलाई खोज्दछौ जिवन सार
पाए छु मैलो जीवन एउटा अनौठो उपहार
पाईले पिछे सजग बनाउछौ बुझनलाई संसार
स्वंयलाई प्रिय जान्न सिकाऔ त्यागेर अंहकार

दिप भित्र ज्योती तिमीले खोज्नलाई सिकाऔ
मानव भित्र मानवता विज छान्नलाई देखाऔ
लोभको संसार तिमीले प्रिय टाढा बनाऔ
ज्ञानको सार दिएर तिमीले जीवन बचाएऔ

धन र तनमा लोभिने यो मन तिमीले बाध्यौ नि
प्रकृति ज्ञान दिएर तिमीले सार्थक बनाऔ नि
यो गुण तिम्रो जीवन भरि सक्दिन भुलनलाई
प्रेम रस पिलाई दियौ जुनी जुनीलाई

बुझनेले बुझला तिम्रो महिमा नबुझनेलाई के छ र ?
शब्द र भाव संगितको तान मातनेलाई केछ र ?
रक्सी मात्त यौवनको जात ज्ञानलाई विर्सन छ
दुख र सुख , मृत्युको बोध देखेर तर्सन छ

श्रम गर्ने कला तिमीले मलाई देखाऔ
माटोमा आखा, पवनमा आत्मा तिमीले बताएऔ
जलमा जीवन तनमा भ्रम तिमीले छुटाउऔ
कस्तो कठिन यात्रा तिमीलाई मलाई हिडाऔ

अतितको प्रेम पागल पन लाग्दछ आफैलाई
प्रेमको भावमा डुवेर हेर विन्ति सवैलाई
तन भन्दा मनलाई चिन्न मन भन्दा आत्मालाई
आन्नद आउछ आत्मा बोधको हर्षमय जीउनलाई

कपाल फुलाई जीवन पार हुदैन सोचेर
मानवको चोला पाईदैन सुख केही नगरेर
आफनै भुमी पर्किरहेछ केही गर्छ की भनेर
नतर्क युवा जन्मभुमीलाई तिमीले देखेर

पराई बन्ने धनलाई खोज्ने रहरलाई रोक्नु छ
जन्मभुमी, मातृभूमि तिमीले रोज्नु छ
आमाको सेवा जीवनको मेवा ज्ञानले भन्दछ
शब्द होईन तनले होईन भावले केही भन्दछ

सुनको माला चादीको हार चाहिन्न मातृत्वलाई
निश्चल भाव अटल साहस चाहिन्छ स्थात्विलाई
हे युवा तिमी वचन देउ केही त गर्नेलाई
विश्वको सामु तिम्रो माटो पहिचान छर्नलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *