Skip to content


केटा
न मेरो घरै छ न जागीरको भरै छ
न त मेरो धन छ खाली एउटा मन छ
भन आँट्छौ त मसँग यही वैसाखैमा
केटी
न मेरो रुपै छ न जोवनको धुपै छ
न त केही ज्ञान छ खाली एउटा ज्यान छ
भन लान्छौ त मागेर यही वैसाखैमा

केटा
मेरो आँखा दैलो तिम्रो नानीभित्र पसौली
घरभित्र हैन मेरो मनभित्र बसौली
केटी
घरजम र खेती हाम्रो मिलिजुली गोडौंला
घाम पानी जस्तो होला बाँडीचुँडी ओढौंला

केटी
दुखैदुखको हुरी आए संतोषले छेकौंला
गरीबीको चिसो पनि मायाले सेकौंला
केटा
मेरो भन्नु सबै तिम्रो तिमी राज गरौली
सँगसँगै बाँच्ने हामी सँगसँगै मरौली

शब्द – यादव खरेल
स्वर – प्रकाश श्रेष्ठ, साधना सरगम
संगीत – सम्भुजित बासकोटा
चलचित्र – लोभीपापी

Leave a Reply

Your email address will not be published. Required fields are marked *