Skip to content


दग्ध दिल चिरेर
मस्त तिमी निंदमा
मर्छ मन यहाँ मेरो
आफ्नै तिम्रो तर्कना
मुस्कानले खेलिरह्यो
दिप्त ओठ नृत्यना
नयन पट्टल बन्द ती
जोर कमल अरचना ?
आँखा पर्यो शरिरमा
भाँचिए झै कम्मर त्यो
फुलिरहे छातीमा
सुगन्धका सखी थिए
मन उड्यो कता कता
भँवर बनी चुमिरह्यो
आश्क्ति थियो कि प्रेम त्यो
सँग साथ झुलिरह्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *