Skip to content

घामलाई घाटमा पुर्याएर


घामलाई घाटमा पुर्याएर जूनकिरी फर्किरहँदा
आउनु तिमी चन्द्रमाले सूनपानी छर्किरहँदा

मै बस्नेछु ओ प्रिय ! तिम्रै बाटो हेरी
चौतारीको बरको रुखमा हाम्रै नाम कोरि
कि त आउनु मध्यरातमा ठुलो पानी दर्किरहँदा
नत्र आउनु चन्द्रमाले सूनपानी छर्किरहँदा

झरी पर्दा रुज्दैसँगै हिंड्न मन छ अति
सुसाउँदै बग्न मन छ हुँदै दुवै नदी
हावा बनी छिट्टै आउनु पल-पल समय घर्किरहँदा
फूल लिई बस्ने छु म तिमीलाई पर्खिरहँदा

घामलाई घाटमा पुर्याएर जूनकिरी फर्किरहँदा
आउनु तिमी चन्द्रमाले सूनपानी छर्किरहँदा

राजेश रुम्बा लामा ‘अतृप्त्’
चितवन

1 thought on “घामलाई घाटमा पुर्याएर”

  1. केशव बोहोरा

    घामलाई घाटमा पुर्याएर जूनकिरी
    घामलाई घाटमा पुर्याएर जूनकिरी फर्किरहँदा
    आउनु तिमी चन्द्रमाले सूनपानी छर्किरहँदा

    एकदम राम्रो

Leave a Reply

Your email address will not be published. Required fields are marked *