Skip to content

जिन्दगीका मुद्धाहरू

  • by


जिन्दगीका मुद्धाहरू कति-कति छिने मैले ।
मान्छे रुपी आकृतिमा कालो मन चिने मैले ।

रात रात हुन्न केही धैर्य याहा गर्ने पर्छ,
बर्षौ बर्ष कर्म बेची थोरै खुशी किने मैले ।

लटरमै फल्यो आज हिरा मोती जता त्यतै,
यही धन कमाउन काँडामाथि हिने मैले ।

बिर्सी दिएँ आफूलाई, अरुलाई हर्ष दिन,
जिम्दा आफ्ना ईच्छाहरू घट्टो माझ पिने मैले ।

सुख भोग्न दु:ख रोज्नु,कर्म ठुलो भाग्य सामु,
भोगाईका दुई शब्द यति नै हो दिने मैले ।

कल्पना राई”खुशी”
दोलखा नेपाल
हाल दक्षिण कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *