मेरो चिता फुलै फूलले सजिएको हुदाखेरि
सबका आँखा रसाउँदाहुन मेरी उनी रुदाखेरि ।
मेरो प्राण मेरो भाग्य तिमीनै हौभन्दा भन्दै
भक्कानिदै ढल्छिंन होला शिरको सिन्दुर धुदाखेरी ।
घरको माया हाम्रो खुशी, उन्को काखमा बस्दा आखिर
भन्थे दैव डराउँदोहो मलाई आई छुदाखेरी ।
रामकृष्ण पौडेल ”अनायास”
गज़लकुञ्ज, चितवन