Skip to content

दियौ चोट धेरै


दियौ चोट धेरै दुखायौ तिमीले
सबै तथ्य छोपी लुकायौ तिमीले

कयौँ जाल बुन्दै उदायौ धरामा
छकाए र साह्रै घुमायौ तिमीले

थियो प्रेम चोखो मनैमा गढेको
घचेडेर भीरमा लड़ायौ तिमीले

मितेरी छिनाल्यौ बनाएर टुक्रा
छिटै आर्यघाटमा पठायौ तिमीले

न सम्झ्यौ कसैले बुझाएरभन्दा
निमठ्दै गला यो रुवायौ तिमीले

ल भैगो खुसीले सधैँ हाँस साथी
म भुल्नेछु पीडा हरायौ तिमीले

(भुजङ्गप्रयात छन्द)
गण :- य य य य
सूत्र:- ISS ISS ISS ISS
कोमल भट्ट
पुरानो नैकाप,काठमाडौँ
हाल :- रोचेस्टर,न्युयोर्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *