Skip to content

हत्या र हिँसामा क्रान्ति

  • by


दिनानुदिन हत्या हिँसा बढिरहेछन्
अन्याय र अत्याचार एटम बमको भाइरस झैँ फैलिरहेछन्
भ्रष्ट अनि भ्रष्टाचारहरू मौलाइरहेछन्
बेपत्ताहरूको सूची घट्नुको सट्टामा झन् थपिइरहेछन्
पिडितको आँखामा अन्यायहरू भेलसरी बगिरहेछन्
बलात्कृत र विधवाहरूको आर्तनाद गुन्जिरहेछन्
बोल्न खोज्नेहरूको गला बसिरहेछन्
स्वतन्त्र रूपमा उड्न खोज्नेका पँखेटा फट्फटाइरहेछन्
तर पनि भन्नेहरू देशमा प्रजातन्त्र आयो भन्छन्
अब तपाईँहरू जाग्नुस लोकतन्त्र आयो भन्छन्
मुखमा रामराम बगलीमा छुरा भनेजस्तै
भ्रष्टाचारमा सदाचार देख्ने रहेछन्
पिँजडाको चरो हटाएर फेरि चिडियाखानामा थुनेर त्यसलाई स्वतन्त्रता देख्नेरहेछन्
रुझेको नयनहरूलाई गोहीको आँसु सम्झेर हाँस्दा रहेछन् अनि
हत्या र हिँसामा क्रान्ति देख्दा रहेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *