घरबाट निस्केपछि भरोसा हो साथी
आमा, बाबा भन्दा पनि साथी अझ माथि
साथी लौरो, साथी पाङ्ग्रो, साथी ठूलो भर
बिना साथी गन्तव्यमा पुग्ने को पो छ र ?
कालो, मैलो राख्नु हुन्न साथी-साथी बीच
धनी होस् कि गरिब होस् हुन्न उच-नीच
भाका मिल्ने, रुचि मिल्ने अनि मिल्ने लय
साथीसित यात्रा गर्दा हुन्न केही भय
हाँसो दिने, खुसी दिने साथी सर्वदाता
मन साट्ने, पीडा बाँड्ने नजिकको नाता
अँध्यारोको जून जस्तै उज्यालो हो साथी
सम्बन्धको सगरमाथा, भन्दा ठूलो हात्ती
असल साथी पाउँने जो छ उही भाग्यमानी
सुसङ्गतले मान्छे बन्छ बुद्घिमान र ज्ञानी
बरु गाँस छाडे हुन्छ साथी हुन्न छोड्नु
निस्वार्थले साथ दिने राम्रो साथी रोज्नु ।
रामविक्रम थापा
फाक्टाङ -२, खोटाङ