Skip to content

ढाँटी गरे आर्जन


निर्वाचन् अब मार्गको दिन गनी, आयो गते चार ली ।
होश्यारी सित सोचने जनमतै, छानी दिनेछन् मिली ।।
त्यागी सज्जन देशका सपुत जो, एकत्वमै लागने ।
बन्ने देश विशे हिमायति निकै छन् भोटमा तम्सिने ।।

कुर्लेका सबजातमा दिन भनी, बाचा गरेका कुरा ।
टुक््रयाई कसरी दिने सकलमा, यो राज्यले नै पुरा ।।
पुग्ने छैन बिभाजनै पनि गरे, जातै पिछे राज्य यो ।
आपस्मा झगडा हुने विजभने, रोपिन्छ पक्का छ यो ।।

बच्लान् ती कसरी पुरा वचनले, यो रज्य बाँड्ने हरु ।
स्वार्थी भोट लिने निधो खुब गरे, ह्रासै हुनेछन् बरु ।।
झुट्टा भाषणका प्रपूजकभला, नेता हुने ह्रास नै ।
पर्टी झन् उनको थमोस् किन ? निकै घाँडोभयो बोलनै ।।

मायाँ थे’न न राज्यको बलहुने, त्यस्ता बिचार्ले यहाँ ।
होलान् सक्षम ती गमेर जनले, भोटै दिने हुन् कहाँ ?
पासो यो कसरी परास्त गरने ? भन्ने गमेका तिनै ।
निन्द्रा भोकबिनै झुली अबरहून्, पार्टीहुने शुन्य नै ।।

सामन्ती नवशोषकै गणनमा, दर्ताभए राज्यमा ।
आफ्नै बान्धबको बिनास गरने, जो जो थिए देशमा ।।
झुक्याई मतमागने दिनगए, बुझ्दै गए यी जन ।
चन्दाले महलै खडा पनि गरे, ढाँटी गरे आर्जन ।।

नेता को, कसता ? चिने अबसबै राम्रो नराम्रो विधान् ।
पार्टीको मुखपत्रमा निहित जो, लेखेर गर्ने निदान् ।।
यौटाले हसुरी लिने धन थियो, ऐले छसौ झन् बढे ।
थेग्लान् के जनता ? छसौ जति मिली, देशै निखार्ने परे ।।

सुरक्षा झन ह्रासभो दिन दिनै, बन्दै हुने देशयो ।
सिमाङ्कन् मिचिए थिचोमिच बढी रोगैसरी फैलियो ।।
घुस्खोरी बढता भयो अपहरण्, गर्ने बढे देशमा ।
को गर्ने यिनको निदान ? निखरी, उत्रे सबै स्वार्थमा ।।

छन्द, शार्दुल बिक्रिडीत
गण, म स ज स त त गु

पद्म पौडेल
हाल, इटहरी —६ बज्राहा
सुनसरी
९८४२३९४५७३
विसं २०७०।६।१९

1 thought on “ढाँटी गरे आर्जन”

Leave a Reply

Your email address will not be published. Required fields are marked *