केको फुर्ति लाउनु र हौ सराब बेचेर
अनि आफ्नै जवानिको त्यो बहाव बेचेर
आफै खन्छौ चिहान तिमी आफैँलाई पुर्न
के सुरक्षित होलाउ तिमि ? नकाव बेचेर
शिक्षा लिनु टोपि लुकाई खेले जस्तो हैन
बुध्दिजिबी हुन्न कोहि किताब बेचेर
धनि हुन सुनकै ब्यपार चाहिदैन साथि
ठेला वाला किन्छन घर कवाब बेचेर
तोयानाथ पौडेल
सँखुवासभा
हाल मरुभुमिको छाति बाट