Skip to content

मर्दिन भन्थ्यौ नभई जीवन साथी तिम्रो

RaazDhimalAshutosh


मर्दिन भन्थ्यौ नभई जीवन साथी तिम्रो
तर आज छोडीगयौ अधुरो पारी प्रेम कहानी हाम्रो

जस्को साथबाट यति धेरै माया मोह पाए
हे दैव उसैलाई चुड्यौ मबाट किन ?
उठाउ बरु मलाई नि उस्को चितासगै
सक्दिन अब एकैपल ऊ बिना जिउन

छोडीगयौ तिमीले, यो दुनियाँमा मलाई एक्लो पारी
मलाई नि बाच्नु छैन अब तिम्रो माया मारी

बाच्दिन भन्थ्यौ पाइन भने हरपल तिम्रो साथ
साथ मैले दिएकै थिएँ, किन छाड्यौ तिम्ले मेरो हात

जस्ले जिउन सिकायो जिन्दगीमा हरपल
हे दैव उसैलाई चुड्यौ मबाट किन ?
उठाउ बरु मलाई नि उस्को चितासगै
सक्दिन अब एकैपल ऊ बिना जिउन

राज धिमाल आशुतोष
बर्दिबास ९ महोत्तरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *