Skip to content

आस्था ओढेर शिरमा


उकालो ओरालो त यात्रा हो
सँगै सुसेल्नु छ
फेदी र शिर
सँगै गुन्गुनाउँनु छ
फाँट र भिर ।

हिउँद बर्खा त भोगाई हो
हर मौसम
फुल्नु छ आस्था
हर बिहान
खुल्नु छ उज्यालो……….
दुःख सुख त अनुभूति हो
पग्लनु छ
मनको याम
अग्लनु छ
जीवनको आयाम…….
त्यसैले त
माटोको महकमा हुन्छु म
बाटोको चहकमा हुन्छु म
आस्था ओढेर शिरमा
आफ्नै विश्वासमा हुन्छु म ।

दीपेन्द्रसिंह थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *