Skip to content

जो भन्छ बोल्छु म यहाँ

को छ साँचो प्रेमी यहाँ
गर्छ सबलाई प्रेम कहाँ
मन सबैको एउटै हुन्न
अस्विकार छ जहाँतहाँ

जो भन्छ बोल्छु म यहाँ
बोल्छ सबै सँग कहाँ
कुरा सबैको एउटै हुन्न
कुरा काट्ने छन जहाँतहाँ

सबै जान्छन मन्दिर सधैँ यहाँ
जो जान्न पापी हो त्यो कहाँ
धर्म सबैको एउटै हुन्न
थरी थरी फूल छन जहाँतहाँ

जो भन्छ म छु चुप यहाँ
त्यो हुन्छ सर्धै चुप कहाँ
विचार सबैको एउटै हुन्न
सयौँ थरी रंग छन् जहाँतहाँ

जो गाउँछु सधैँ भन्छ यहाँ
त्यो गाउँछ सबको लागि कहाँ
पीडा सबैको एउटै हुन्न
खुशी मात्र छैन जहाँतहाँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *