Skip to content

हेल्लो साथी जय होस्


तिमी अग्लिदा अग्लिदै कति अग्ला भएछौ
मोटाउदा मोटाउदै कति भारी भएछौ
अग्लिएर पनि रावणले सुनको लंका दिएथ्यो
तिमी त आफैं नै सुनका भएछौ
सबै पंहेला बस्तु सुन हुन्नन्
होस् गर्नु नानीको आची पनि पंहेल्यै हुन्छ
तिमी त नानी को आची भएछौ
सुकेको गाछी भएछौ
साइनु न ठेगान धेरै साली को भिनाजु भएछौ
खरी पाटी दिएर पठाएको केही लेख्छौ भनेर
अँध्यारो मेरो बस्ती को उज्यालो मुहार फेर्छौ भनेर
तिमी त साँच्चैको धुर्मुस भएछौ
खर्पनले तालु पिल्साएर पसिना बगेको
तिमीले देखेन छौ
पटाले सुन चांदी फलाएको हेरेन छौ
तिमी आंफैं सुनका भएछौ
तिमी आफैं लेऊ लागेर हरियो पल्टेको चाँदी भएछौ

चढ्दा चढ्दै कति माथि चढेछौ
बढ्दा बढ्दै कति अग्ला भएछौ
तिमी त साँच्चै सुनै सुनको भएछौ
तिमी त साँच्चै अन्धा भएछौ
खरी पाटि राखेर दलिनमा
मोहीको साटो बिदेशी मदिरामा लागेछौ
दुई चार कुरा लेख भनेर पठाको
तिमी त साँच्चै अटेरी भएछौ
मेरो शिपको कुरा गर भनेको थिए
सुन्तलीको नानीहरूको स्कुलको कुरा भनेको थिए
माथि हिड्ने बाटो को कुरा थ्यो
बाच्न पाउने अधिकार को कुरा थ्यो
बाले खोक्दा आमाले ढाड दुख्दा सजिलो गरी दबाई पाउने कुरा थ्यो
बाटो हिड्दा शान्ति सुरक्षाको कुरा थ्यो
पूल बनाउने कुरा थ्यो
सद्भावको फूल रोप्ने कुरा थ्यो
संस्कृति र परम्पराको रक्षाको कुरा थ्यो

हेल्लो साथी !

धान खेतमा पानी को कुरा थ्यो
मकै बारीमा बिउ बिजन्को कुरा थ्यो
हसिलो मुहारको कुरा थ्यो
स्वतन्त्रताको भयरहित समाजको कुरा थ्यो
तिमीले जाने बित्तिकै
तिमीले पुग्ने बित्तिकै
बिर्सिएछौ तिमी त रित्तिएछौ
नाता गोतामा कालो बजारमा
तिमी त अल्मलिएछौ
तिमी त अग्ला भएछौ
धरहराको टुप्पोभन्दा माथि भएछौ
तिमी त गजुर भएछौ
तिमी मात्र देश भएछौ तिमी नया राजा भएछौ
जय होस् ।
———————-
Srdhakal
अध्यक्ष अन्तरास्टर्ीय नेपाली सािहत्य समाज
क्यािलफोर्निया च्याप्टर अमेिरका

Leave a Reply

Your email address will not be published. Required fields are marked *