नदी हुने सपना थियो दुई किनार भई छुट्नु पर्यो
खुसीका ती क्षणहरू दुःखसँगै साट्नु पर्यो ।
अनुभवले सधैँ भन्छ जुट्नुभन्दा छुट्नु गाह्रो
जिन्दगीको लट्टाइँसँग चङ्गालाई काट्नु पर्यो ।
कहाँ पुरिन्छ हम्मेसी नदेखिने मुटुको घाउ
तर पनि निको हुन्छ भन्दै मनलाई ढाट्नु पर्यो ।
छुट्टनिु नै रैछ आखिर किन फेरि भेट्नु पर्यो
अतित र वर्तमानलाई दाम्लो सम्झी बाट्नु पर्यो ।
-इलाम