Skip to content

तिम्रै नै हुँ म, अरुको होइन


कुनै पल तिमीलाई बिर्सेको छैन
तिम्रै नै हुँ म अरुको होइन
चिरी हेर यो छाती तिम्रै नाम पाउछौ
हृदयको कुना कुना आफैलाई नै पाउछौ

कसरी सुनाउ तिमीलाई यो हृदयको गीत
तिम्रै निम्ति तडपिन्छ पाउन त्यो प्रीत
गाउ बेंसीमा खोज तिमी मेरै छाया पाउछौ
वसन्तको पालुवा पालुवा मेरो माया पाउछौ

प्रकृतिले सिकाएको प्रेम हो यो बनावटी छैन
हृदयको आवाज हो यो किनिएको शब्द होइन
सुन चाँदी, धन सम्पति जेसँग पनि तौलन सक्छौ
यो मायाको अगाडि केवल फिका जस्तै पाउछौ

सयौ जुनी बिते पनि माया मेरो ओईलिदैन
किन्ने र बेच्ने जस्तो मेरो माया सस्तो होइन
मायाको वजारमा एक पल्ट खोजेर हेर्न पनि सक्छौ
मायाको अर्थ अनि जीवनमा आफैले पाउछौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *