Skip to content


एकजना दानी व्यक्तिको सन्दर्भमा छ त्यो । उसले परोपकार गरी–गरी दिन विताउँथ्यो । ऊसँग सहयोग माग्न आउनेहरूको ताँती लाग्थ्यो । उसले उनीहरुलाई आफू मरेर सहयोग गथ्र्यो । उसले आफूले दिन सक्ने खालको सहयोग आफ्नो ज्यान प्राण दिन्थ्यो । यतिसम्मन् कि आफ्नो हाड छाला घोटेर सहयोग गथ्र्यो ।

एकदिन ऊ लखतरान भएर बाटोमै ठ्याच्च बसेर, टोपी फुकालेर आफैलाई हम्केर खुइय्य गर्दै सास फेरिरहेको थियो । अकस्मात उसले बाटोमा फुकालेर विसाएको टोपीमा कसैले एक रुपियाँको सिक्का दान दिएर गएको थियो । यो दान उसले दुनियाँमा सबैभन्दा पहिलो पटक पाएको थियो । मरेर सहयोग गर्दा पनि कसैलाई सन्तुष्टि पार्न नसकेको सन्दर्भमा त्यो एक रुपियाँको दानप्राप्तिले उसलाई असीम आनन्दानुभूति दिलाएको थियो ।

२०७१ असार ६
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाडौं
[email protected]

www.bijusubedibijay.blogspot.com

3 thoughts on “असीम आनन्द”

  1. कल्पना निकै उच्च देखियो ।
    कल्पना निकै उच्च देखियो । मानवीय कृतघ्नता र सम्वेदनासँग याे कथा सम्बन्धित हुन सक्ला ।

  2. सँधै दान गर्ने व्यक्तिले
    सँधै दान गर्ने व्यक्तिले अाफैँले दान पाउँदामा त्यत्तिको खुशी हुनु अलि अस्वाभाविक हो कि जस्तो लागे पनि अाखिर कल्पना नै त हो ।

  3. एउटा सिक्काले पनि रामवाणको अमृत दिलाएको हो ।
    आजका मानिसहरु निकै स्वार्थी बनिसकेका छन् । हाम्रो विश्वमा यसै सन्दर्भमा समाजसेवा गर्ने निःस्वार्थीहरु पनि लाखौंमा एक भए पनि छन् । हो यस कथामा त्यस्तै सहयोगी व्यक्तित्वको कथा व्यथा इङ्गित गर्न खोजेको हुँ । तर पाठकलाई कथाको निचोड नबताएमा यो कथाको धर्म अनुसार कथा हुन्छ त्यसैले यो यसरी नै लेखिएको हो ।

    तर यहाँ अब यसरी कथाको निचोडलाई अर्कैतर्फ मोड्ने खालको प्रतिक्रिया आइसकेकोले मैले चूप लागेर बस्नुको औचित्य रहेन ।

    कथाले भन्न खोजेको के भने सधैं अरुलाई मात्र सहयोग गरेर बस्दा आफूजस्ता अरु कोही छैनन् कि भन्ने लाग्दा एउटा सिक्काले पनि रामवाणको अमृत दिलाएको हो ।

    बिजु सुवेदी “विजय”
    २०७१ असार ११

Leave a Reply

Your email address will not be published. Required fields are marked *