Skip to content


यो सपनाको संसारमा
कस्को सपना साकार भयो र ?

सपना देख्न योग्यता चाहिन्छ
सपना देख्ने स्वतन्त्रता सबैलाई छैन
केही सपना बिशेष हुन्छन
केही सपना ब्यक्तिगत हुन्छन

त्यस्ता सपना देख्ने दुस्साहस गर्नेले
जघन्य अपराधको सजाय पाउछ

तैंले मेरो सपना चोरिस्
मेरो सपना केवल मेरो हो
मेरो सपनाको सर्बाधिकार म सित छ
मेरो सपना देख्ने दुस्साहस नगर
मेरो सपना देख्ने तेरो योग्यता छैन

तैंले सपना हेर्न सक्छस
तैंले सपना नदेख
केवल सपना हेर्न स्वतन्त्र छस

सपना देख्ने म हुँ
तँ ! सपना हेर

देखेको सपना …
हेरेको सपना …

के देखेको सपना साकार भयो ?
………………..
हेरेको सपना अधुरो रह्यो र ?
………………..

सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *