Skip to content

झस्केर ब्युझे सबै अधुरै रहेको देखे


सपनी मा त सपना पुरै भएको देखे
झस्केर ब्युझे सबै अधुरै रहेको देखे
निदाउन खोजे सपना साकार बनाउन
फेरी चारै तीर अन्धाकारै भएको देखे

हराउनु, भेट्टाउनु सिलसला हो
गुमाउनुलाई कुन अर्थ दिउ
सुख दुःख लाई जिंदगी को रीत रे
अनि यो जलनलाई के अर्थ दिउ

जिंदगी मा सबै कुरा पाएकै जस्तो लाग्छ
फेरि सोच्छु सबै गुमाए जस्तो लाग्छ
के भन्नु जिन्दगीको खेलहरू
कहिले कही आफैं नै हराए जस्तो लाग्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *