Skip to content


तिमीलाई हेर्ने यी आँखामा धोको अँझै छ बाँकी
तिम्रो मायामा अंगालिने रहरहरू झनै छ साथी

सँगसँगै पाइला सार्ने चाहना गहिरो छ
सँगै जीवनको पाइला मेट्ने धोको झनै धेरै छ

तिम्रो चाहनाको दियो सधैं बलिरहोस्
तिम्रै साथ रहने बरदान मलाई मिलिरहोस्

शब्द – सोहनी शाह
संगीत – सम्भुजित बासकोटा
स्वर – देविका प्रधान
एल्बम – नेपाली माया

Leave a Reply

Your email address will not be published. Required fields are marked *