Skip to content

तिमी जस्तो निस्ठुरी

SubashGhimire


तिमी जस्तो निस्ठुरी त भेट्नु छैन अब
तिम्ले टेक्ने आँगनीमा टेक्नु छैन अब

चाहे जाऊ चाहे खाऊ नसासँगै चाहे रमाउ
ब्यरथै छेक्थ्ये तिम्रो बाटो छेक्नु छैन अब

तिम्रो मन चक्कु रैछ यो मन नौनी थियो
जानी जानी आफ्नो गला रेट्नु छैन अब

पानी थिएँ सधै म त आगो पो रैछौ तिमी
आफैलाई आगो माथि घचेट्नु छैन अब

एक्लो भएँ भन्दैमा हरेस खाई मर्दिन म
आफ्नो नाम निसाना नै मेट्नु छैन अब !

Leave a Reply

Your email address will not be published. Required fields are marked *