Skip to content

ध्यानको दृष्‍टि


कोही बस्छन् मनमुटुबीचै नित्य डेरा जमाई
तौली तौली जीवन गतिका उन्नतिको कमाई
नाफाघाटासंग नभिडनु ब्यर्थ को यो लड़ाई ?
बाँकी वाच्ने अमर रचना आफनो गीत गाई

तौली तौली जीवन गतिका उन्नतिको कमाई
नाफाघाटासँग नभिडनु ब्यर्थ को यो लड़ाई ?
बाँकी वाच्ने अमर रचना आफनो गीत गाई

जानी जानी किन नबुझने देखिने जीवरेखा
भित्रीआँखा किन नखुलने हो कि यो कर्मलेखा ?
दायाबाँया त्रिषित मनका द्वार यी इन्द्रियै हुन्
वग्दै जादाँ भुवरी तलका वासना भर्दिने हुन्

छाडी यात्रा विषय गतिको ध्यान यौटै लिएर
थोरै थोरै अमृतरसको नित्य मात्रा पिएर
ज्योतिवन्दै श्रीजनपथमा चम्कने तारका झैं
त्यस्तै यात्रा सुपथ बुझियो बाँकी अस्थाई सारै ।

आफ्नो आफ्नो गति छ सवको चेतनाले दिएको
आफै चल्ने प्रकृति बलियो कर्ममा बाँधिएको
यात्री यात्रा निकट खिचिए भाग्य दूर्भाग्य के यो ?
मात्रै स्थायी परिणति दिने कर्मैको संगति हो

एउटा यात्रा भव-समरमा जीवले पार गर्दा
सृस्‍टिचक्रै फनफनी घुमी ब्योममा भार पर्दा
सारा पूर्वै जनमहरुको जे छ संस्कार् बोल्छ
देख्छ सप्पै जब मनुजले ध्यानको दृष्‍टि खोल्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *