Skip to content

मभित्र पलाएका चाहना


मभित्र पलाएका चाहनालाई, मार्न नखोज
तिम्रो नै त हुँ म अलपत्र, पार्न नखोज

साथ दिन्छु जीवनभर, बाचा यो मेरो
आफूबाट कतै दूर अब, सार्न नखोज

चाहिदैन मलाई धन गहना, माया दिनु सधैं
भोलि भोलि भन्दै कैल्येइ, टार्न नखोज

विश्वास हो ठुलो कुरा, जिन्दगीलाई टीकाउने
बिना विश्वास मनको खाडल, खार्न नखोज

तिम्रो मनमा मेरो मन, जोडिएछ कतै
रुवाई यो जिन्दगी एता उता, चार्न नखोज

रन्जना न्यौपाने
चरोकिट, दोलखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *