Skip to content

“फेसबुकको काँडा”

यथार्थपरक लघु कथा “काँडा”
यो काँडा भन्ने शब्द त यहाँहरु सबैले सुन्नु भएकै होला । अझ यहाँहरु कतिपयलाई घोचेको पनि हुनुपर्दछ । यो काँडाको घोचाई जस्लाई घोचेको छ उस्लाई मात्र थाहा हुन्छ दुखाई कत्तिको हुन्छ भनेर । च्वास्स घोच्दा त मुटुमै दुख्छ क्या रे । तर सुन्नुस्न, मलाई यस्तो काँडाले घोच्यो जुन काँडालाई कसै गरि पनि निकल्न सकिएन । निकाल्छु भन्दा भन्दै पुरनो भएर खिल नै पल्टि सक्यो । जिउमा, हातमा, खुट्टामा वा अन्य सरिरको बाह्य भागमा भए त काटेर फाल्न पनि मिल्थ्यो तर मलाई त मुटुमै घोचेर हैरान पा-यो । न निकाल्न मिल्ने न काट्न मिल्ने । यस्तो पोल्छ अनि यस्तरि घोच्छ सहन नै मुस्किल भइसक्यो । तपाईंहरु भन्नुहोला यस्लाई कस्तो काँडाले घोचेछ भनेर । हो मलाई घोच्यो नराम्रो सँग घोच्यो,खिल नै पल्टि सक्यो । हेर्नुस, नढांटि भन्नु पर्दा मलाई यो फेसबुक भन्ने काँडाले यसरि घोच्यो यसरि घोच्यो न यो फेसबुकबाट घोचेको काँडालाइ मुटुबाट निकाल्न नै सकियो न उखेल्न नै । मलाई यति पिडा भैरहेछ, नभइ पनि नहुने यो फेसबुक भए पनि पिडा मात्र दिन्छ । आखिर यो मेरो सरिरको एउटा अंग नै भइसकेको छ तर यस्ले मलाई सुख भन्दा पनि धेरै पिडा दिरहेको छ । जब म फेसबुक खोल्छु, दाहिने पट्टी मेसेज बक्स साइडमा तेहाँ एउटा पात्रले मलाई गिज्याइ रहेको हुन्छ खुचिङ् भनिरहेको भान हुन्छ, अनि काँक्रोको बियाँजस्तो सेता लहरै सजाइएका जस्ता देखिने दाँतले मलाई ङिच्च गिज्याइ रहेको जस्तो लाग्छ । जस्को गिज्याइले गर्दा सहनै नसक्ने गरि मुटु छिया छिया हुन्छ, खिल बनिसकेको ठाउँमा पनि फेरि च्वास्स घोच्न थाल्छ । अनि मर्माहात हुन्छु, चक्कर लागेर टाउको रिङ्याउँछ त्यस पछि टाउको समाएर घोत्लिन थाल्छु । घोत्लिदा घोत्लिंदै म त उपचराको लागि गँगालाल अस्पातल पो पुगेछु । तेहाँ मुटु विशेषज्ञ डा.रवि मल्ल संग जचाउन लागिरहेको हुन्छु । डा.साबले ईसिजि गर्न भन्नु भयो, ईसिजि गरेर देखाएं, ईसिजि त नर्मल छ भन्नु भयो फेरि एउटा एक्स-रे गर्न लागाउनु भयो । एक्सरेको रिपोर्ट हेरे पछि डा.साबले अप्रेसन पो गर्नु पर्छ, मुटुमा त फेस बुकको काँडाले घोचेर काँडा निकाल्न नसकेको हुनाले काँडाले त खिल बनाई सक्यो भनेर जानकारि गराउनु भयो र तुरुन्तै अप्रेसन गर्नु पर्छ नत्र ज्यानलाई नै खतरा हुन्छ भनेर सल्लाह दिनु भयो । मलाई भने मनमा डर लागिरहेको थियो, कतै अप्रेसन गर्दा फेरि कतै तल माथि पो हुने हो कि ? उफ के दसा आईलाग्यो नि मलाई अप्रेसन नगरौं ज्यानलाई यसै खतरा, गरौं तल माथि हुने हो कि भन्ने डर, जे होस भनेर डा. साबसंग अप्रेसनको लागि तयार भएं । डा.साबहरु पनि सबै अप्रेसन थिएटरमा जम्मा भइ सक्नु भएको थियो । मेरो मुटुको अप्रेसन गर्नको लागि मलाई बेडमा सुताइएको थियो । मेरो सिधा माथि सिलिङ्गमा चार-पांच ओटा लाइटहरु झलमल्ल बालिएका थिए, मेरो वरिपरि चार-पाँच जना डाक्टरहरु अनि चार-पाँच जना सिस्टरहरु मलाई घेरेर मेरो मुटु चिर्नलाई सगबगाइरहेका थिए । मलाई बेहोश पार्ने इन्जेक्सन लगाइयो तर म त्यो इन्जेक्सनले बेहोस भइन । डा.हरुले म बेहोस भयो भन्ठानेर मेरो मुटु चिर्नको लागि लामो लामो छुरि निकाले, कसैले कैंचि समतिरहेका थिए, कसैले रगत पुछ्नको लागि सेतो गज पिस (सेतो कपडाको टुक्रा), कसैले बाङ्गो सियो समाती मेरो वरीपरी मलाई घेरेर बसेका थिए । जब मलाई डा.रवि मलल्ले ९ इन्च्को लामो छुरिले मेरो मुटु माथि बाट घ्वाम्म छुरा रोप्नु भएको थियो म त ऐया……..भनेर झल्याँस्स बिउझिएछु ।
उफ कस्तो दिउंसै सपना देखिएछ । सपनाको अप्रेसनले अझै पनि मेरो जिउ कामेर थर थर काँपिरहेको छ, चिट चिट पसिना आइरहेको छ ,जिउ ललाक लुलुक भएको छ । दुब्लाएर जिउ आधा भैसकेको छ । मेरो कथा बेथा कस्लाइ सुनाउँ, कसैलाइ सुनाउँ भने पनि खिल्लि उडाउला भन्ने डर, डा.कहाँ जाउँ मुटुमै छुरा रोप्देला भन्ने डर, हे भगवान म कहाँ गएर उपचार गरम ? फेसबुक नचलाउँ बाँच्न नसकिने स्थिति छ चालाउँ मुटुमा खिल पल्टिसकेको छ । यो फेसबुकको मायांले पनि मर्नु न बाँच्नु बनायो । कतै तपाइँहरु पनि म जस्तै फेसबुक पिडित त हुनु भाको छैन ? बेलैमा होस पु-याउनुस है नत्र मेरो जस्तै फेसबुकको मायाँले तपाईंको पनि मुटुमा काँडाले खिल पल्टाइदेला ।
क्रमश: बाँकी अर्को भागमा ……….

Leave a Reply

Your email address will not be published. Required fields are marked *