Skip to content

आऊ मेरो सामु केहि गरेर जाऊ तिमी
लोलाएका ऑखामा ऑशु भरेर जाऊ तिमी

दुखाऊ अझै सहन मलाई आदत परेको छ
चर्याएको घाउमा नुनचुक छरेर जाऊ तिमी

तिमीलाई प्रतिक मानेर दिलमा गुलाब रोपेको
पलाईनौ याहाॅ पराईको बागमा सरेर जाऊ तिमी

सहन्नन् ऑखा पराईको हातमा खेलेको तिमीलाई
कि मार मलाई कि आफै अब मरेर जाऊ तिमी

Leave a Reply

Your email address will not be published. Required fields are marked *