Skip to content

सात हाइकु (शान्ति ॐ शान्ति)


शान्ति ॐ शान्ति
त्रिपिटक रक्ताम्य
डर अन्त्यको ।

हिमाल रुन्छे
प्रकृतिको काखमा
आँशुको ताल ।

फूल बगैचा
माहुरीको साम्राज्य
सेक्स फ्रिडम ।

कला-संस्कृति
नेपालीको आँगन
हाँस्नै पाएन ।

गीतमा पाउ
या कवितामा गाउँ
तिम्रो त्यो रुप ।

सधैं झगडा
अस्तित्व मेट्ने दाउ
खाडल खन्दै ।

देश डुब्दैछ
नैतिक नग्नतामा
गरिबी आँशु ।

पशुपति कर्माचार्य
हाल: न्युजिल्यान्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *