Skip to content

आवाज राम्रो कोइलीको

PramodSnehi


आवाज राम्रो कोइलीको, नचाई मयुरको
कम्ति माया लाग्दैन हौ मलाई हजुरको

मैले हेर्ने आँखा हजुर, मैले पुज्ने देउता
मनमा सधैँ बसिरहने हजुर नै हो एउटा
वास्ता छैन मलाई बरु, सुनकै गजुरको
कम्ती माया लाग्दैन हौ मलाई हजुरको

सम्झनाले छाती पोल्दा मर्नुहुन्छ मलाई
बौलाएर उखपात् गर्नुहुन्छ मलाई
भत्काउँ कि त जस्तो लाग्छ घेरा जञ्जिरको
कम्ती माया लाग्दैन हौ मलाई हजुरको

प्रमोद स्नेही श्रेष्ठ, खोटांग

Leave a Reply

Your email address will not be published. Required fields are marked *