Skip to content

निक्र्योल गरी भन्दिन


खोक्रो देश भयो सके छ सयले, सांसद् बनी देशमा ।
यौटा केश रटानमा दिनदिनै, आर्थिक् गयो नष्टमा ।।
बन्ने छाँट नसंबिधान पनि भो, कैयौं भए बैठक ।
दोस्रो यो पनि संबिधन तुहिने, लक्षण् बनो सूचक ।।१।।

कुर्सी मात्र टुटे निकै सदनमा, माइक् फुटे केवल ।
बिर्से शर्त थियो गयो समय त्यो,भत्ता लिदैछन् दल ।।
सारा वाक्क भए गमे अब कुनै, वार्ता नसार्थक् हुने ।
हालत् भो बहुतै खरब सदनै, रोक्ने बिपक्षी बने ।।२।।

आन्दोलन् तिर ध्यान् गयो गफ सधै्र, धम्कीदिए रोक्नमा ।
पस्केको वचनै गयो फजुलमा, ढाँटी बढे स्वार्थमा ।।
एक्जुट् भै बनिने बिधान वहुमत् भन्दै हिडेका थिए ।
बाचा त्यो बमनै बनो बचनले,बाटो बिगारी लिए ।।३।।

बर्षै सात बिते गफैगफ गरी, खर्बौं सके सम्पति ।
राजा थे बरु वेश नै सहजले, गर्थे दिघो उन्नति ।।
मया क्यै इनमा नदेशतिर भो, आफ्नै हिडे स्वर्थमा ।
मच्चाए लुटपाट नै छलगरी, धेरै मरे व्यर्थमा ।।४।।

आतङ्कित् अझ भै रहे जनसबै, सोझा सिदा देशमा ।
कस्को देन भयो नयाँचलन यो, जिम्मा लिने आँटमा ।।
द्रब्यैको बलमा हुने अपहरण् कस्ले सिकायो किन ?
सक्लान् को नव शोषकै बुझकीले, निक्र्योल गरी भन्दिन ।।५।।

छन्द :— शार्दूलबीक्रिडित

Leave a Reply

Your email address will not be published. Required fields are marked *