Skip to content

सक्छौ तिमी


कति चोट दियौ मनमा, सुन्न सक्छौ तिमी ?
मेरै आँशु माला बनाई, उन्न सक्छौ तिमी ?

पोख्दैछु म मनका बह, डराउँने पो हौ कि
मेरो जस्तै एक्लो जीवन, चुन्न सक्छौ तिमी ?

तिम्रै याद बल्झी दिँदा, एकान्तमा रुन्छु
निर्दोषीलाई दोष कति ? गुन्न सक्छौ तिमी ?

धेरै सहे भित्रभित्रै, पाकेको यो घाउ
आज फुटी बग्न खोज्छ, थुन्न सक्छौ तिमी ?

नडस्नुथ्यो डसिहाल्यौ, बिष छरी छरी
जिउँदो लाश छोप्ने कात्रो, बुन्न सक्छौ तिमी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *