Skip to content

“भयवाद” दर्शनको पुस्तकलाई दुइटा अन्तर्राष्ट्रिय अवार्ड

20150524_DeshSubba_Book


जुलाई २०१४मा अमेरिकाको “एक्सलिबिरिस”बाट प्रकाशित भएको देश सुब्बाको “फिलोसोफी अफ फियरिज्म” दर्शनको अंग्रेजी पुस्तकले अमेरिकाको क्यालिफोर्नियाबाट २०१५ को दर्शनको “दि नेशनल इन्डी एक्सेलेन्स अवार्ड २०१५” जितेको छ ।

मे १८ तारिख नेआले आफ्नो वेब साइडमा अवार्ड जित्नेको नाम प्रकाशित गरेको छ । त्यस्तै अमेरिकाकै लस एन्जेलबाट दिइने “२०१५ इन्टरनेशनल बुक अवार्ड”मा यो पुस्तकले “फाइलिस्ट अवार्ड” प्राप्त गरेको छ । २०१५ इन्टरनेशनल बुक अवार्डले मे २१ तारिख आफ्नो वेब साइटमा प्रकाशित गरेको छ । यी दुवै अन्तर्राष्ट्रिय प्रतिष्ठित अवार्ड हुन् । यी दुवै प्रत्येक वर्ष दिइन्छ ।

२०१५ इन्टरनेशनल बुक अवार्डले प्रेस रिलिजमा जनाए अनुसार १२०० वटा पुस्तकहरू अवार्डका लागि दर्ता भएका थिए । अवार्डका अनुसार सहभागी संख्या सन् २००९ देखि अहिलेसम्मकै सबैभन्दा बढी हो । यो बारेमा “दि नेशनल इन्डी एक्सेलेन्स अवार्ड २०१५”ले केही जनाएको छैन । यसमा संसारभरबाट अंग्रेजीमा प्रकाशित भएको पुस्तकले प्रतिस्पर्धा गर्न पाउँछन् । साहित्य र असाहित्य विभिन्न शीर्षकमा यी दुवै अवार्ड दिइन्छ । यसमा पुरस्कृतलाई अवार्डको रुपमा प्रमाण पत्र दिइन्छ । धेरै प्रतिस्पर्धीलाई जितेर “फिलोसोफी अफ फियरिज्म” यो अवार्ड पाएको हो । यी दुवै नेपाली लेखकले पाएको पहिलो हो ।

“फिलोसोफी अफ फियरिज्म” को नेपाली संस्करण “भयवाद” गत असोजमा किताब घर प्रकाशनबाट प्रकाशित भएको छ । यसको अंग्रेजी सँस्करण विश्वको मुख्य अनलाइनहरूमा पाइन्छ ।

“भयवाद” भय सम्बन्धीको दर्शन हो । यसले भएको बारेमा सकारात्मक, नकारात्मक, उपयोगिता, भय रोग बारेमा विस्तृत व्याख्या गरेको छ । भय सम्बन्धी यतिको व्यवस्थित पुस्तक अन्य प्रकाशित भएको छैन । भयवादमा आधारित कविता, कथा, निबन्ध हिन्दी असमिस, नेपालीमा भारतको असमबाट रण काफ्ले प्रकाशोन्मुख छ । स्पेनिस, हिन्दी, बंगालीमा यो अनुवाद भइरहेको छ । यो सबैभन्दा कान्छो दर्शन भनेर कान्तिपुर दैनिकले समाचारमा छापेको छ ।

देश सुब्बा

सन्दर्भ सामग्रीः
http://www.indieexcellence.com/indie-results-2015-winners.htm
http://www.internationalbookawards.com/2015awardannouncement.html

1 thought on ““भयवाद” दर्शनको पुस्तकलाई दुइटा अन्तर्राष्ट्रिय अवार्ड”

  1. देशजीलाई बधाइ छ । भयवादले
    देशजीलाई बधाइ छ । भयवादले बिस्तारै संसारभरि गति लिँदै जाँदैछ, यो क्रम बढिरहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *