Skip to content

जगदीशको सम्झनामा


भन्यो र कस्ले म मरेँ भनी बिर्सेर मन्थली
छोडेर गुँड सक्दैन जान यो प्रिय गौँथली ।
‘यो जगदीश, अमर नाम’ सबैको नारा यो
असहायमाथि उद्धार गर्यो भन्दैछ सारा यो ।

तासेस संस्था सन्तान मेरो मर्दैन अब त
पानीको धारा बगेको सरी जिल्लामा रगत ।
मदन मुना नेपाल मेरै कति भो विकास
समस्या माथि तत्कालै मैले निकालेँ निकास ।

नभन्नु मेरो शरीर व्यर्थ गयो नि छोडेर
कमल फूल हुर्काएँ मैले दिनहूँ गोडेर ।
लेखियो यतै सामुन्ने बसी कथा र कविता
यो जिल्ला माथि बगाएँ सधैँ आसाको सरिता ।

शिक्षा र स्वास्थ्य बाटो र पानी सबैको सिरानी
मन्थली भित्रै थालियो जाँच्न रोगी र बिरामी ।
म आफैँ बोलेँ आजको दिन सम्झेर अतित
श्रद्धाको फूल म माथि किन माया नै कति छ ?

लासको साथ, लर्को छ, व्यर्थ नहिँड मलामी
राख्नु है यति, विकास सबै, यो नै हो सलामी ।
अन्तिम पल्ट जिल्लाको लागि कोसेली पठाएँ
ल यति बोलेँ निद्राकै बीच ल फेरि निदाएँ ।

उद्धव अविचल
सुनारपानी, रामेछाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *