Skip to content

अँध्यारोमा जुनकिरी

  • by


अँध्यारोमा जुनकिरीको साथ प्यारो लाग्यो
शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो

बाटोभरी कति भेटें, यात्री सहयात्री
कति छुटे फेदीमा नै, कति चढे माथि
नरोकिए दु:खमा म, नरोकिएं पीरमा
कहिले पुगें देउरालीमा, कहिले पुगें भीरमा
शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो

फेरी पनि झेल्नु पर्ला, कैयौं बाधा अड्चन
म त यात्री फुकाउँदै जान्छु सबै वन्धन
तिम्रो पनि शिखर चढ्ने मन भए आऊ
जहाँसम्म मन मिल्छ हामी सँगै जाउँ
शिखर भने अझै टाढा यात्रा प्यारो लाग्यो

शब्द – आभास
संगीत – रामेश
साभार:’सिलोट’

Leave a Reply

Your email address will not be published. Required fields are marked *