Skip to content

सोह्र सोमबारको व्रत


ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षीय मामृतात्…

प्राचिन कालमा शिव पार्वती घुमफिर गर्नको लागि एक दिन बाहिर निस्किए । बाहिर बाटोमा एउटा शिवालय देखी र त्यही गए धेरै समय त्यहीं बास बसे। त्यहाँ शिवपार्वतीले पासा खेल्न थाले । पासा खेलिरहेको बेलामा त्यहाँको पुजारी आइपुगे । पार्वतीले पुजारीलाई सोधिन- हामी बीच कस्को जीत होला।

पुजारी ब्राह्मणले महादेवले जित्नुहुन्छ भन्ने तर्क राखे । तर खेलमा अन्तमा पार्वतीको जीत भयो। तिमी झुट बोल्दा रहेछौ भनेर पार्वतीले ब्राह्मणलाई महादेवले इन्कार गर्दा गर्दै पनि श्राप दिइन- हे ब्राह्मण तिमी झुट बोल्दा रहेछौ तिमीलाई कुष्टरोग लागोस् । पार्वतीको श्रापले त्यस ब्राह्मण धेरै वर्षसम्म कुष्टरोगी भइरहे।

एक दिन अप्सराहरू त्यहाँ आइ ब्राह्मणको दुःख देखी सोधन लागे – हे ब्राह्मण तिम्रो यो रोग दुःखको कारण के हो?

ब्राह्मणले सारा शिव पार्वती बीचको कुरा बृतान्त बताए। सबै कुरा सुनेपछि ती अप्सराहरूले ती ब्राह्मणलाई भन्न लागे – तिमी शिवजीको पूजा आराधाना गर र उनलाई प्रसन्न पार्न सोह्र सोमबारको व्रत बस। तिम्रो कल्याण हुन्छ र सारा रोग दुःख कष्ट नाश हुन्ने छ।

अप्सराको सल्लाह अनुसार ब्राह्मणले सोमबारको व्रत बस्नको लागि-चोखो बस्स्र लगाउने, धेरै भक्तीभावले शिवजीको पूजा गर्ने, पुजाको लागि आधा किलो गहुँको पिठो लिने र डल्लो बनाएर तीन भाग गर्ने व्रतको बेलामा धुप, दीप, नैबेध्य, सुपारी, वेलपत्र जनै, चन्दन, अक्षता फुलपाती लिएर शिवपार्वतीको पूजा आराधना गर्ने, जुन तीन भाग लगाएको हो । त्यसको एक भागमा शिवजीको लागि अर्पण गर्ने, अर्को उपस्थित सबैलाई नैवेघ्य बनाई बाड्ने र बाँकी रहेको भाग आफैले आहार गर्ने।

यसरी प्रत्येक सोर्ह सोमबारको ब्रर्त निरन्तर रूपमा बस्नु र सत्रौ पटककोमा एक पाउ गहुँको पिठोमा ध्यू गुड मिसाई डल्लो बनाउने र सबैले बाढेर खाने। यसरी सोह्र सोमबारको व्रत बसेर जुन मनुष्यले सत्रौ सोमबार पुर्याउछ त्यस्ता मनुष्यलाई शिवजीले आर्शिवाद दिइ मनोकामना पूर्ण गरिदिन्छन भनी अप्सराहरूले ब्राह्मणको आश्रमबाट स्वर्गमा गए। फलस्वरूप ती ब्राह्मणले सोर्ह सोमबारको व्रत बसी दुःख र रोग मुक्त भए। केही समय पछि शिव पार्वती ब्राह्मणको आश्रममा गए ब्राह्मणको निरोगी हासी खुशी देखी पार्वतीले सोधिन् – तिमी कसरी हृष्टपुष्ट निरोगी भयौ ?

ती ब्राह्मणले अप्सराले बताएको सोमबारको व्रत र शिवको आराधना सम्बन्धी कुरा पार्वतीलाई बताए। यो सुनेर पार्वतीको अनुहारमा खुशीको लहर आयो। ब्राह्मणले बताएको बिधि र तरिका अनुसार पार्वतीले पनि सोमबारको व्रत र शिवको आराधना गर्न लागिन। यो व्रतको प्रभावले धेरै समयदेखि टाढा भएका कार्तिकेय घरमा आइपुगे। उनमा जिज्ञासा भयो – माता हाम्रो भेट कसरी सम्भव भयो ?

पार्वतीले सारा कुरा बताइऩ। यो कुरा सुनेपछि उनले पनि सोमबारको व्रत र शिवको पूजा आराधना गर्न थाले। कार्तिकेयको व्रतको प्रभावले उनीबाट छुटेका मित्रसँग भेट भयो। यसरी वर्षौदेखि बिछोडिएका दुई मित्रको भेटले दुवै आश्चर्यमा परे। यो कुरा दुवैले ब्राह्मणसँग गरे। ब्राह्मण अविवाहित थिए । उनीले विवाहको लागि फेरि सोमबार र शिवको पूजा आराधना गर्ने निदो गरे। शिवको पुजाको प्रभावले ब्राह्मणले राजकन्या पत्नीको रूपमा पाए। केही समयपछि ती राजकुमारीले ब्राह्मणलाई सोधिन् – के पुण्यको प्रभावले हजुरले मलाई प्राप्त गर्न सफल हुनु भयो ?

ब्राह्मणले सोह्र सोमबार र शिवको पुजाको बारेमा बताए। पति ब्राह्मणको कुरा सुनेपछि ती राजकन्यालाई असल पुत्र लाभको कामनामा व्रत बस्न इच्छा जाहेर भयो। बिधीपूर्वक शिवको पूजा आराधना र सोमबारको व्रतको प्रभावले सर्वगुण सम्पन्न उत्तम पूर्णचन्द्रको जस्तै पुत्रप्राप्त भएर खुसी र सम्पन्न भई रहे ।

ॐ त्रियम्बकं यजामहे, सुगन्धिं पुष्टिवर्धनं
उर्वारुकमिव बन्धनान् मृत्योर्मोक्षीय मामृतात्… ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *