Skip to content


हो मीरा अब म बोलाउँदिन । थाहा छ गहारो छ तर पनि म बोलाउदिन ।

कसैप्रति म यति नजिक भएको यो नै पहिलो पटक होइन । तर पनि मैले मेरो परिधि बिर्सेको छैन । मलाई मेरो सीमा थाहा छ र विश्वास गरमा त्यो सीमाना नाघ्ने छैन । र, हो तिमीबाट पनि भाग्ने छैन । भन्नलाई त यहाँ सबथोक छ, कमी छ त केवल एउटा साथ । एउटा हात जो सधैं सधैलाई एक अर्काको सहारा बन्ने छन्, हाँस्नेछन् रुनेछन् अनि कहिले अँझ नजिक त कहिले अलिक टाढा हुनेछन ।

मलाई एउटा संगीको खाँचो छ ।अँझै भन्नपर्दा तिम्रो खाचो छ । अनि माया, माया त तिमी भएसि अवश्य गर्नेछौ ।

यही कोशिसमा केही दिनदेखि गर्दैछु । तिम्रो बाटोमा आउँदैछु । केवल तिमीलाई हेर्न, तिम्रो कुरा सुन्न । म टाढा बस्छु अनि नियाल्छु तिमीलाई, तिम्रो त्यो हाँसो अनि कहिलेकाहींको मुस्कान । तिम्रो रिस अनि तिम्रो प्रतिक्रिया, हरेक म एकटकले हेरिरहेको हुन्छु ।

तिमी टाढाको मान्छे, धेरै टाढाको थाहा छ । तिम्रो छुट्टै संसार रमाइलो होला । जीवन हो घाम छाया जसको नि हुन्छ । फरक यत्ति न हो कसैको घाम बढी होला त कसैको छाया ।

तर मीरा, लाग्दैन अब हामी नजिकिन्छौं, एकअर्कालाई देख्न पाउने छौ, भेट्न पाउनेछौ । कि त देवको कुनै चमत्कार नै हुन पर्छ । हैन भने हाम्रो कहानीको कुनै मोड छैन । त्यो मनमा के छ ? को छ ? कसलाई खोज्दैछ ? अह केही थाहा छैन । मसँग बोल्दिनौ । मनको कुरा खोल्दिनौ । किनकि म तिम्रो नजिकको मान्छे हैन, अँझ भनुँ त म तिम्रो मान्छे नै हैन ।

आज पनि आएँ, नजिकै बसे अनि तिमीलाई हेर्दै, तिम्रो कुरा सुन्दै । तिमीले वास्ता गरेनौ । थाहा छैन किन गरेनौ । सायद अस्तिको कुराले होला । तर मेरो इरादा गलत थिएन । हुनसक्छ तरिका गलत थियो । तर मायामा चल्छ अलि अलि त चल्छ नि, हैन र?

Leave a Reply

Your email address will not be published. Required fields are marked *