Skip to content

कसरी बर्णन गरुम म


अहो कस्तो अद्भुत सिर्जना ईश्वरको
प्रकृतिका हरेक सुन्दर रंगहरू मिसाएर
सृष्टिको जीवनरूपी क्यानाभासमा पोतेपछि
सृजना भएकी जस्ती तिमी ।

कसरी बर्णन गरौ म
बिहानिको सगर जस्तो ती सुन्दर ओठहरू।
हेर्दैमा मात्र पीडाहरू बिर्सेर
मन शान्त हुने
जुनेली झै निर्दोसआँखाहरू ।
प्रचंड गर्मीमा जीवनदायी वर्षात गराउने
काला बादलहरू जस्ता
ती सुन्दर परेलीहरू ।
जीवन देखि बिरक्तिएर
शान्तिको खोजमा निस्केकाहरूको
गंतब्य स्थल सुन्दर घना वन जस्ता
ती तिम्रा काला मोहक केसरासीहरू ।
फेरि उत्तरतिर रहेका
मोती जस्तै सेता हिमालहरू झै चम्केको
तिम्रो त्यो गजबको आकर्षक मुहार ।
अनि फेरि
जीवनका सबै समाधान भेट्न सकिने
तिम्रो त्यो अनौठो मुस्कान ।

लियोनार्दोको को निर्जीव मोनालिसा
सबैले देखेकै छन
तर प्रकृतिका हरेक रंगहरू मिश्रित
परमात्माको जिउदो जाग्दो
सुन्दर अनुपम अमूल्य मोनालिसा
सायद तिमी नै पो हौ कि …..।

Leave a Reply

Your email address will not be published. Required fields are marked *