Skip to content


सधैंँ तिम्रो सामुन्ने म हुँला नहुँला चिन्ता यही
साथ बस्ने बानी पर्‍यो हुन्छु हुन्न भोलि यहीँ ।

तिमी र म हाम्रो पालैपालो यसै रिसाउने बानी
दु:ख होस् या सुख सधैंँ साथ साथ बाँच्ने हामी,
जिन्दगानी सधैंँभरि हाँसेर बाँचौं धर्तीमा यहीँ
साथ बस्ने बानी पर्‍यो हुन्छु हुन्न भोलि यहीँ ।

चलन यहाँको आउँदा रुने हाँस्ने जिउने र जाने
टाढा नजिक साथ हुँदै मरेर धर्ती छोडेर जाने,
दुनियाँको रीत जन्म र मृत्युु नमर्ने छैन कोही
साथ बस्ने बानी पर्‍यो हुन्छु हुन्न भोलि यहीँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *