Skip to content


तिम्रो नाउँ लेखिएछ आफ्नो नाउँ लेखौं भन्दा
ऐनामा त तिमी देखें आफ्नो रु हेरौं भन्दा

चोटहरू मीठो लाग्ने दिन पनि आउँदो रैछ
सक्तिन म तिम्रो नाउँ नलिई सास फेरौं भन्दा

तिमी मनमा बसेदेखि जिन्दगानी मीठो लाग्यो
सकिएन सुनगाभा फूलसँग खेलौं भन्दा

पिरतीमा यस्तै हुन्छ भन्थे प्रीति गाँस्नेहरू
तिमीतिर भाग्छ यो मन सकिएन छेकौं भन्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *