Skip to content

आफूभित्रै जहरको मुल भएर


आफूभित्रै जहरको मुल भएर हो
एउटा मुटु दुई हुनु भुल भएर हो

खोलाको दुई किनार दूर भएर नि
यत्तिको नजिकिनुमा पुल भएर हो

आकर्षण सुन्दरता बढ्नु बगैचाको
रङिचङ्गी सय थरी फूल भएर हो

छाडी जाने निष्ठुरिको याद आईरनु
छाती भरि सम्झनाको शूल भएर हो

विदेशले विकासको शिखर चुम्नुमा
परीश्रमी यूवाहरूको हूल भएर हो

2 thoughts on “आफूभित्रै जहरको मुल भएर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *