Skip to content
IndraKumarShresthaSarit-03


देशको लागि एकपटक
संग्लो पानी बनेर बहन पाए पनि हुन्थ्यो
जता जता छन् सूख्खा र मरुभूमि
त्यहाँ त्यहाँ पूगेर धर्ती भिजाउन
पए झन कत्ति जाती हुन्थ्यो

तालू पोल्ने टण्टलापूर घाम लाग्ने ठाउँहरूमा
ठाउँ ठाउँ हरियाली शीतल
हुन पाए पनि त हुन्थ्यो
देशै बगाउने जनधनकै क्षति गर्ने
बाढी पहिरो रोक्ने भरपर्दो माध्यम
हुन पाए पनि हुन्थ्यो ।

व्यक्तिश्वार्थका लागि
आफ्नो भनेर राख्नूपर्ने केही छैन
मेरो/तेरो भनेर साँच्नु पर्ने पनि केही छैन
जन्म दिने जन्मभूमिका लागि
आफ्नो यौवन/जोश/ क्षमता
सबै सबै खर्चिन पाए पनि हुन्थ्यो

जताततै छन् अशान्ति, अभाव र बैमन्यस्यता
डढेलो लागेको बनमा मनमा
स्नेह र अपनत्वको झमझम बृष्टि हुन पाए
जीवन थोरै भए पनि सार्थक हुने थियो ।

जीवनपछि मृत्यू अवश्यंभावी छ
मृत्यू आउनू अगाडि
सामाजिक बेथितिमा चलेको
समाजलाई नयाँ रीति, नयाँ थितिमा बाँधेर
नयाँ नेपालको सोंच सार्थक बनाउन पाए
जीवनको उज्यालो यही हुने थियो
आफूलाई परिचय दिने
नेपाली हुँ भन्ने गर्वानूभूति प्रदानगर्ने
मेरो महान देश नेपाल
मेरो सुन्दर देश नेपाल
तिमीलाई हसाउनलाई
आफू राताम्य गूलाफ भएर
तिम्रो आँगनीमा फुल्न पाए
मेरो जीवन धन्य धन्य हुने थियो ।

इन्द्रकूमार श्रेष्ठ सरित्

Leave a Reply

Your email address will not be published. Required fields are marked *