Skip to content


झल्यास्स सपनाबाट ब्यूँझिएँ। छेउमा भएको पानीको बोटलबाट २-४ घुट्की पानी पिएँ।किन किन मन खल्लो भएजस्तो भयो। घर्रा खोलेर एउटा सूर्य चुरोट निकाले अनि निस्पाट्ट त्यो अन्धकार रातमा तीन सर्को तानेर निभाइदिऐ। नयनभरि उनको आकृति टोलाउन थाल्यो। कता कता मनको कुनामा अँझै पनि उनी छिन् जस्तो लाग्छ। उनीभन्दा अलि टाढा पो भयो कि? ऊ, सृष्टि । सम्झिन्छु, बाल्यावस्थामा भाडा कुटी खेल्दा को त्यो क्षण; जब म अफिसबाट आउँदा ऊ खाजा पकाएर राख्दिन्थी अनि आउने बितिकै दिन्थी: लाऊ, खाऊ भनेर। बाल्यकालको याद अँझै ताझा छ।सँगै स्कुल जाने देखी, भेट्टाई र लुक्मारी खेल्ने हाम्रो लागि आजकल जिन्दगी लुकामारी नै खेलेको जस्तो भएको छ। देख-भेट छैन। बोलचाल बन्द। कोशिस मैले नि नगरेको हैन। सायद ढिला भैसक्याथ्यो होला। गल्ती उसको नि हैन सायद समय परिस्थितिले होला। हुन त समयलाई कसले पो रोक्न सक्छ र, बगेको खोलालाई कसले पो छेक्न सक्छ र। आखिर दसकौं लामो हाम्रो यात्रा लगभग टुंगियो। सधैंं जिन्दगी बाल्यकाल को भाडा कुटी जस्तो कहाँ हुने रहेछ र।

न त हामी बीच कुनै बाचा नै थियोसँगै मर्नेसँगै बच्ने, न त कुनै सम्झौता नै। थियो त, मात्र साथ त्यसबखत। हुन त ऊसँगको पहिलो भेटमै माया बसेको थिएन। एकैचोटी मुटुमा सजिएकी थिएन । साथी साथीभन्दा भन्दै खै कति खेर मन साटियो पत्तै भएन। मन भित्र देखी माया पलाएको थियो। कति चोटी मुखबाटै यी कुरा प्रस्फुटन भए कति चोटी हुन पाएनन्। रहर र डर दुवै लाग्थ्यो, म माया गर्छु तिमीलाई भन्न। गर्दा भन्दै समय बितिसकेको थियो। सधैंं बाल्यकाल नै कहाँ रहन्छ र। उमेर ढल्किदै गए पछि जिन्दगीमा धेरै व्यवहारिक बन्धनहरू आइपर्छन। २०७२ साल मंगसिर महिना को कुरा हो। एउटा साथी को फोन आयो। ” थाहा पायौ, सृष्टि को त बिहे हुने भएछ नि। १८ गते engagement रे।” बैसाख १२ को भूकम्प को परकम्पन त त्यो दिन त्यो समय आए जस्तो लग्यो, पृथ्वी मात्र हैन दिमाख हल्लियो, मुटुले ठाउँ छोडे जस्तो भयो। ओठ मुख सुक्न थाले। आँग जिङ्ग्रिङ्ग भयो। संयोग कस्तो परेछ, म साथीहरूसँग थिए। ठमेलको “Sam’s Bar“म बसेर रक्सीको चुस्की लिरहेको। सँगैका साथीहरूलाई भनें .. अरुले साथ नदिने कुरै थिएन। त्यो दिन अलि बढी नै खाईएछ क्यारे। खाएको सुरमा फोन गर्र्या थिएँ। चकमन रात परेर हो कि अरु केही कारणवस हो उसको फोन उठेन।message नगरेको नि हैन तर reply आएन।

नभन्दै १८ गते facebook हेर्दा त उसको engagement भएको तस्वीर सार्वजनिक भैसक्या रहेछ। Like त कति हो कति। commentमा बधाई को लर्को लागेको। एक प्रकारले हेर्दा खुसी पनि लग्यो तैपनिसँगै बिताएको क्षणका सजिलै भुल्न सकिने रहेछ र। उनको engagement को तस्वीर हेरेर रमाउनु ब्यर्थ थियो। आँखामा अंशु टिलपिल भयो। साएद बाटो पाएनन् क्यारे आँखा मै सीमित भए।

उसले किन बिहे गर्न लागि भन्ने कुरा बुझनु अब मेरो लागि कुनै जरुरी थिएन। एक चोटी उसैलाई सोध्न मन थियो। मात्र एक चोटी। एकचोटी message गरेँ,”Can we meet? Just once”। तर उत्तरमा ” I’m sorry। It’s already been late। अब भेटेर के नै हुन्छ र” भन्ने उत्तर आएपछि मन मर्यो। “ बिहे गर न त म सँग” नभनेको नि हैन मैले, “घरमा माग्न आऊ न त।” उतर नआएको पनि होइन।तर कुन मुखले अर्काको छोरी माग्न जाने। बिहे गरेर मात्र पनि भएन पाल्न पर्यो। मायाले मात्र खान-लाउन पुग्दैन। सुखमा हुर्केकी ऊ, अनेकैं इच्छा आकांक्षा हुन्छन।सायद पुरा गर्न सक्दिन थिए म त्यस बेला।बिहे भैसकेपछि आफ्नो आमासँग पैसा मागेर उसलाई लिपिस्टिक किन्दिने कुरा पनि त आएन। त्यसपछि कुरा त्यत्तिकै सेलायो।

सुन्नमा आयो अमेरिकाबाट आएको केटो, पारिवारिक नाता नि पर्ने, असल परिवार भएर घरबाट कर गरेछन्। बाउ-आमा को कुरा उसले नि टाल्न सकिनछे। हुन्छ भन्न बाहेक ऊसँग के नै उत्तर हुन्थ्यो र। म त बाउ आमा छोडेर कहीं जान्न, नेपाल मै बस्छु भन्ने उनको आदर्श अब मात्र आदर्शमा सीमित भएछ। यो कुरा था’भयो जब एक हप्ताअघि उसको facebookमा travelling to US with Rojesh भन्ने status देख्न पाइयो। लामो सुस्केरा हालेँ। त्यसबाहेक गर्न नै के नै सकिन्थ्यो र। यस्तै हो संसार को रीत.. “सोचे जस्तो हुन्न जीवन” भन्ने तारा देवी को गीत को याद आयो। अनि सम्झेँ साएद गल्ती त मेरै पो रहेछ कि।

हुन त मैले पनि जिन्दगीमा केही ठूला निर्णय गरे.. न त उसको सहमति मागे न त उसलाई सोधे नै.. पढाई कामले गर्दा भेट्न नि पाईएन उसले बोलाउदा बोलौदै पनि. त्यही भएर होला ऊ मबाट बिस्तारै टाढा भै.. न त मैले नै पछि भेटौ भनेँ, न त पछि ऊबाट फेरि भेट्ने प्रस्ताव आयो.. कुरा भेट को मात्र थिएन होला, एक अर्कामा भएको घमण्ड र मै हूँ भन्ने भावना को पनि थ्यो’ कि, जसको कारणले गर्दा आज दुवै फरक फरक बाटो हिड्न पर्यो। खोला को दुई किनारा जस्तो हामी भेट कहिले भएन, बाल्यावस्थामा साचेको सपनाले संसार देख्न पाएन, सीमित रहे त केवल सम्झना एक अर्का को। हिमालयन जाभामा coffee खाएको कुमारीमा चलचित्र हेरेको क्षण, अनि सिटी सेन्टर अगाडि बसेर पानी पुरी खाएको पल याद अँझै पनि उत्तिकै ताझा छ.. धुलिखेल, नगरकोट होस् या दक्षिणकाली वा लुभु को डाडा जादा को त्यो bike को यात्रा सायद याद मस्तिष्कबाट कहिल्यै नहट्ला । सपना र बिपना एउटै बन्न सकेन, उसका लागि म र मेरो लागि ऊ अब पराई मात्र हुने भयैँ, तर जिन्दगी अगाडि बढ्दै जाने छ… उसको पनि राम्रो हॊस र म पनि आफ्नो राम्रो बनाउने कोसिस सदैव गर्नेछु.. उसलाई नयाँ दाम्पत्य जीवन को शूभकामना.. !

-शैलेश भट्टराई
टोरन्टो, 2016-04-03

2 thoughts on “मन भन्छ”

  1. Hyaamulin Ba
    yadi yo non-fiction ho bhane ma ek dum sorry, mitra ko dukha ma dukhit mahasus gariraheko chhu..fiction ho bhane mitrako lekhai ko mukhta-kantha bata prashamsha…….

    aba chinta nagarum mitra, jindagi nai aaroha-aabaroha ko yatra ho re, abaroha sakiyechha, aba aaroha ko paalo…ji vatra

Leave a Reply

Your email address will not be published. Required fields are marked *