Skip to content


तिमी खेल्छौ मेरा वेदनासँग
म शुन्यमा बीच रीत हुन्छु
गलित मेरा उर्लेका अनगिन्त भावसँग
सायद म कुरा गर्छु
होइन अन्मस्क्य भावमा म बर्बराउछु
कहाँली लाग्दो हुन्छ मन
मनमनै कराँउछु
वीस्फारित नेत्रहरू हेर्छन
म टोलाइरहन्छु
शुन्य म लोलाइरहेछु
गढेछ भित्र भित्रै अथाह वेदनामा
म डुबिरहेछु
शक्त्तिहीन
म जानेरै पनि हेलिन्न
मनै मरे झैं
दील्को ढुक ढुकी रुके झैं चौतर्फी हेरेर
म आफ्नै पद्चाप सुनी
हिडिरहेछु !
हिडिरहेछु !!

2016-05-03 05:15:23 +0000

Leave a Reply

Your email address will not be published. Required fields are marked *