Skip to content

छोडी जाने निष्ठुरी


भन्न त भने हुँला टाढा जान नजिक नआउन पनि
कहाँ सकुँला आखिर तिमी बेगर मुस्कुराउन पनि

बोतलको बिर्कोमा जिन्दगी राखेर हर साँझ
पिउनै पर्छ प्रिया तिम्रा यादहरू भुलाउन पनि

मलाई मृत्युको काखमा पुगाएर यो समयले तिम्रो
कति सजिलै रङ्गाउन दियो सिउँदो रङ्गाउन पनि

मनमा राखिएको मान्छे मुटुमा राखिएको मान्छे
आज लायक भइएन पैतालामा सजाउन पनि

दीपेन्द्र चन्द ठकुरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *