Skip to content

सहन गार्‍हो भयो


सहन गार्‍हो भयो, नहेर न त्यसरी
लुकिछिपी मलाई, माया गरे जसरी

लाग्दछ मलाई आज, तिमीलाई हेरिरहुँ
अँगालोमा सुस्तरी, तिमीलाई बेरिरहुँ

देख्दैछु मदहोस् तिमी, बेहोस् बेहोस् आज
स्वागत तिम्लाई दिलमा, नमानी आऊ लाज

तिमी समीप हुँदा, बढ्दछ धड्कन मेरो
नजाऊ छोडी टाढा, संसार हुन्छ अँधेरो

शिशिर होस् या वसन्त, सधैं मलाई प्यारो
तिम्रो साथ नपाए, जीवन मेरो अँध्यारो

कुमार काफ्ले
ओखलढुंगा

Leave a Reply

Your email address will not be published. Required fields are marked *