Skip to content

खहरेको भेल-रहेछ


खहरेको भेल-रहेछ यो जिन्दगी
नौटंकीको खेल-रहेछ यो जिन्दगी

बन्दी त्यो पिंजडाको चरी जस्तै
बाँच्नै पर्ने जेल-रहेछ यो जिन्दगी

सहारा खोज्दा पाए मात्र तिरस्कार
घृणा आँसुको मेल-रहेछ यो जिन्दगी

पाहिलै पिच्छे ठक्कर न खानु खाएसी
हुनै पर्ने फेल-रहेछ यो जिन्दगी

जस्को हात उस्कै लात हुनुपर्दा यहाँ
अज कठोर हेल-रहेछ यो जिन्दगी ”

डिल्ली प्रसाद खराल घायल
Bireandra Nagar Chitwan
Now : Desert Land

Leave a Reply

Your email address will not be published. Required fields are marked *