Skip to content

तारा हैन पहीले जुन झारेर देखाउ

तारा हैन पहीला जुन झारेर देखाउ।
सम्बन्धमा कुनै एक पल हारेर देखाउ।।

प्रेममा गर्छौ तिमी कल्पना बाहीरका कुरा।।
कुनै एक सपनालाइ खोली तारेर देखाउ।।

जुट्ने,टुट्ने सम्झौता  हुन्छ आफु बीना,
थोरै त्यो संकाको नजर फारेर देखाउ।।

नबुोझेरै हुन्छ गल्ती तिमी स्वतह गरीरहेछौ,
धैर्य रही अन्जानको आरोप  टारेर देखाउ।।

लुटेर भन्दा ग्यान लुटाएर वृद्धी हुन्छ,
कसैको लागी आफ्नै मन मारेर देखाउ।।

सन्दिप आचार्य
नवलपरासी

Leave a Reply

Your email address will not be published. Required fields are marked *