Skip to content

को शाकाहारी ? (लघुकथा )


शाकाहारी बनौं अभियान मैले छोडेँ, हारेँ भाइ म हारेँ ।

किन छोड्नुभयो ? र कसरी हार्नुभयो ? मजस्तै सर्वभक्षी बन्नु भो किक्या हो ? राम्रो थियो नि त्यो समुह हैन र ?

हैन नि भाइ !

अनि के नि दाइ ?

के भने नि शाकाहारी बनौ अभियानकर्ताहरु खाना त बार्छन् तर !

तर के नि दाइ ?

भाइ ! तपाईं जत्ति नि भएनन् उनीहरु ।

हजूरको मतलब के दाइ ?

“यसरी हिँसा नगरौं — उसरी हिँसा नगरौं” भनी रक्ताम्य फोटो तथा भिडियो फेसबुकमा राख्ने । भेटेका जत्तिलाई “यसरी हिँसा नगरौं—उसरी हिँसा नगरौं” भन्दै रक्ताम्य फोटो तथा भिडियो देखाउँदै हिँडिरहेकाले नि ? अझ यो दशैंमा यिनीहरुको चर्तिकला त झनै हिँस्रक भएका छन् । थुइक्क मोराहरु ! त्यस्तो विषयमा जाँदै नगए त कुरै सक्कियो नि ?

के भयो र दाइ यसले तपाईंलाई ?

के हुनु नि ! शाकाहारी अभियन्ताहरुको यो दुरर्तिकलादेखि म त बिरामी नै भइसकेँ । तपाईं खाने मान्छेले बरु बुझ्नुभएजस्तो छ झन् आफ्ना भनाउँदाहरुले बुझेर नि बुझ पचाएका जस्ता छन् । म त हैरानै भएँ । उनीहरु नै अरुलाई सताउनमा पनि तपाईंहरुभन्दा धेरै अगाडि भएर नि ?

२०७३ असोज १०
बिजु सुवेदी “विजय”
भक्तजनमार्ग, काठमाण्डौं ।
[email protected]

असत्यलाई सत्यले जितेको तथा हिँस्रक राक्षशी प्रवृत्तिलाई नाष्ट गरेर जितेको खुसीयालीले मनाउने चाडपर्व बडा दशैंको समयमा काटमारको कुनैपनि कृयाकलाप नगरिदिनुहुन अनुरोध गर्दछु ।
It’s a blunder crime.

Leave a Reply

Your email address will not be published. Required fields are marked *