Skip to content

अरुको गर्छु सुख नै सुख


अरुको गर्छु सुख नै सुख आफू चैं निराश ।
निभ्दछु आफू अरुले हेर्दा चम्किलो प्रकाश ।।

भूकम्प आयो दर्दको फाँट तुफानी भएर,
देखाई दिन्छु जो सुकैलाई रङ्गिन भनेर ।
छेकेर राख्छन् हरले रोकी मलाई तर्कदै,
तैपनि खुसी बनाई छोड्ने कसम यो सधैं ।

अरु त खुसी पार्दछु सधैं आफू नै बलेर,
त्यसैले पीडा खपेर बस्छु आफू नै गलेर ।
यत्ति त भन रिसानी पनि मसँग यो जुङ्गा,
भएर छेद लागेछ डुब्न जोवन यो डुङ्गा ।

सन्ताप तारिरहेछु मैले बहाना खियाई,
जसरी सक्दो कोसिस गर्छु गर्न नि भलाइ ।
रङ्गिन ठाउँ पुर्याई दिन्छु भए नि सन्त्रास,
आफ्नो त भाग दुःखले घेर्नेे ठुल्ठुला पहाड ।

आफ्नो त भाग छैन नि कतै रुपौलो चमक,
अरु त सबै हौस्याई दिन्छु बनाई नर्तक ।
ताराको जति टिलिप्प थोपो छैन नि प्रकाश,
आकाश मेरो मडार्छन् सधैं कालो नै बादल ।

काँडामा हिँडी मद्दत गर्छु दुहाइ गरेर,
रोकेर आँधी तारेरै छोड्छु सन्ताप छोडेर ।
कसरी हिँडेँ संकट टार्दै कालको मुखमा,
याचक आए गरेरै छोड्छु भलाइ दुःखमा ।

मलाई यत्ति सताई किन गर्दर्छौ भरङ्ग,
काँचको जस्तो नाजुक हरे जीवन छर्लङ्ग ।
भर्याङ जस्तै उँचोमा लग्छु आफू नै कुल्चाई,
फूल के नाजुक नरम म छु भएर सुस्ताई ।

लय :– ३+२ बिश्राम ३+२ विश्राम ३+३ विश्राम जम्मा १६ मात्रा असारे लय

२०७३ असोज १२
बिजु सुवेदी “विजय”
भक्तजन मार्ग, काठमाण्डौं
[email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *