Skip to content

पशु बली होइन: पशमुक्ति हो


पशुलाई दिनै मुक्ति, माथितिरै पठाइयो।
होइन नि बली भन्ने, त्यसै हल्ला गराइयो।

होइन पशु हत्या है, उद्धार यो त त्यसको ।
भन्नेले गर्छ यस्तै के, आमा सन्तान बाबुको ?

मुक्ति हुन तिमी पनि , किन पछि पर्छौ तब।
ब्रह्मलीन हुनै आफै,साथै लाग्छौ त लौ अब ?

हत्या नगर्नु भन्दै छौँ, सबै हामी समान हौँ ।
सन्तति ईशकै हामी, सवै जीव त एक हौँ ।

हक समानताको छ,समान पशुको पनि ।
बन्धु माता पिता आफ्नै, गर्छौ हत्या तिमी पनि ?

गाई बाख्रा सवै आफ्नै , गाई भैंसी सवै घरै ।
सदस्प परिवारै का, दूध खान दिने सदै ।

बाख्रीको दूधको चीज , मीठो हुन्छ भनेर नै ।
खोजी खोजी रुचाएरै, हामी खान्छौ रमाइ नै ।

खाने आजीवनै दूध, दिने आमा सबै बुझौ ।
पालन पोषणै गर्दै , गरौ स्याहार यो बुझौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *